काठमाडौं । शेयर बजार आज फेरि ओरालो झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.१६ अंकले घटेको हो । १.०६ अंकले बजार घट्दा नेप्से परिसूचक १८७४.६० अंकमा ओर्लिएको छ ।
आज २९२ कम्पनीका ७५ लाख ५८ जहार ५ सय ४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड १ लाख २९ हजार ८ सय १५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएमा छन् ।
भगवती हाइड्रो, मिड सोलु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, एनआईबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८, ९.९५, ९.९४ र ९.९३ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सिटी होटलका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.०९ प्रतिशतले घाटा व्यहोरेका छन् । आज विभिन्न ४८ कम्पनीबाहेका अरु सबैको शेयर मूल्य घटेको छ ।
आज लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भयो । उक्त बैंकको १६ करोड ३८ लाख ४८ हजार ४ सय रुपियाँ बराबरको संस्थापक शेयर बिक्री भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ, सोमबार १२.५८ अंकले बजार घट्दा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ, मंगलबार १९.०६ अंकले बजार घट्दा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५.३२ रुपियाँ र हिजो बुधबार ५.१६ अंकले बजार बढ्दा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८०.१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।