काठमाडौं । ट्रेड टावर लिमिटेड (थापाथली) ले आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखी १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभा, होटल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा मंसिर १२ गते बुधबार बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सा हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफ गरी पारित गर्नेछ ।
त्यस्तै, चालू आवका लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
विशेष प्रस्तावमा आईपीओ निष्कासनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य कम्पनीसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायारी दिने रहेका छन् ।