सेबोनका अध्यक्ष हमाल र बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध अख्तियारमा उजूरी

Advertisement

काठमाडौं । लगानीकर्ताहरुको समूहले एकसाथ दुई नियामक निकायका प्रमुख विरुद्ध उजूरी दिएका छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) का रमेश हमाल तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल विरुद्ध आज अख्तियारमा उजूरी दर्ता भएको हो । 

Advertisement

प्रिमियम मूल्यमा चार बीमा कम्पनीहरुको आईपीओ जारी गरेको भन्दै उनीहरु विरुद्ध उजूरी दिइएको लगानीकर्ता समूहहरुले बताएका छन् । 

लगानीकर्ता केशव कोइराला, तिलक कोइराला र अमित तिमिल्सिनाले बीमा र शेयर बजारको नियामक मिलेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

Advertisement

Advertisement