काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
गत बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २७ गते बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको प्रबन्धक विश्व सुवेदीले जनाएका छन् ।
उक्त साधारण सभाबाट आव २०८०–८१ को नाफाबाट प्रस्तावित ५.५० प्रतिशत बोनस शेयर पारित गरिने छ ।
साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज गरिने निर्णय समेत भएको छ ।