नेपालको खाद्य संकट टार्न झण्डै एक लाख टन चामल भारतले निर्यातको बाटो खोलिदियो

Advertisement

काठमाडौं । भारतले झण्डै एक लाख टन चामल नेपालमा आयात गर्न बाटो खोलिदिएको छ । नेपालले संभावित खाद्य संकट टार्न चामल आयातमा लगाएको प्रतिवन्ध खोल्न आग्रह गर्दै आएको थियो । 

आफ्नो देशमा खाद्यान्न अभावको संभावनालाई दृष्टिगत गर्दै चार महिनाअघि भारतले नेपालसहित विभिन्न देशहरुमा गैरवास्मती चामल निर्यात गर्न प्रतिवन्ध लगाएको थियो । उक्त निर्यात प्रतिवन्धपछि नेपालमा व्यापारीहरुले चामलको कृषिम अभाव सिर्जना गरी मूल्य बढाउने काम समेत गर्दै आएका थिए । 

Advertisement

अहिले भने उसले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरवासमती चामल निर्यात गर्न अनुमति दिएको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार सूचना जारी गर्दै नेपाललाई ९५ हजार टन चामल निर्यात गर्न दिने जानकारी दिएको छ । सात देशलाई कुल १० लाख ३४ हजार आठ सय टन चामल निर्यातको कोटा दिएको भारतले नेपाललाई ९५ हजार छन् निर्यातको कोटा दिएको हो ।

यस्तो कोटा पाउनेमा नेपाल, कैमरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसल्स छन् । फिलिपिन्सले सबैभन्दा बढी दुई लाख ९५ हजार टन् पाउने छ । यी देशमा खाद्य संकटलाई दृष्टिगत गर्दै भारतले चामल निर्यात खुलाएको जनाइएको छ ।

Advertisement

Advertisement