सिजन सुरु हुन लागेपछि सिमेन्ट उद्योगहरुलाई खानी उत्खनन गर्न विभागको बदनियतपूर्ण रोक

Advertisement

काठमाडौं । विकास निर्माणको सिजन सुरु हुन लागेपछि खानी विभागले बदनियतपूर्ण तरिकाले सिमेन्टको उत्पादनमा अवरोध सिर्जना गर्ने काम गरेको छ । नापजाँच विना नै खानी उत्खनन गरेको भन्दै विभागले उत्खननमा रोक लगाएपछि समग्र सिमेन्ट उद्योग प्रभावित भएको छ । 

विभागको यो निर्णयबाट सिमेन्ट उद्योगीहरु रुष्ट भएका छन् । एक उद्योगीले भने, ‘उद्योग सञ्चालन गर्न दिने भनेर कसैले भनेको छ ? सबैले रोक्ने मात्रै हो । बन्द गर्ने मात्रै हो । रोक्नुस् ।’ अब निर्माणका गतिविधि सुरु हुन लाग्यो भनेपछि उद्योग र उद्योगीहरुलाई दुःख दिन नयाँ बखेडा सिर्जना गर्ने काम भएको ती उद्योगीको गुनासो छ । 

Advertisement

उनले भने, ‘धेरै प्राविधिक कुरा मिडिया र आम मानिसलाई पनि थाहा हुन्न । खनिज उत्खनन गर्ने ठाउँमा तौलपुल राखेर हुन्छ के ? कतिपय ठाउँमा तौलपुल राख्ने ठाउँ छैन् । कतिपय ठाउँमा वनको जग्गा छ । वनले के भन्छ भने ‘म अस्थायी संरचना बनाउन दिन्न’ । अब के गर्ने ? यदि तौलपुल राखे पनि विभागको मानिस बस्ने होइन् त्यहाँ । विभागलाई चोरी हुन्छ भन्ने लाग्छ भने कति क्युविक माटो खनेको छ ? त्यसको आधारमा सरदर तौल आइहाल्छ । कुनै कुरा लुकाएर लुक्ने कुरै छैन् । तौलपुल नै राख्नु के जरुरी छ ? विभागको मानिस आफै बसेर तौलिने भए एउटा कुरा । त्यो पनि होइन् । कहिले के भनेर दुःख दिने कहिले के भनेर दुःख दिने ।’

विभागको सुचनाअनुसार तौलपुल नभएका सबै उद्योगमा उत्खन्न रोक्किने अवस्था सिर्जना भएको छ । अहिले खानीभन्दा पनि वनको सबैभन्दा ठूलो समस्या रहेको बताउँदै सिमेन्ट उद्योगीहरुले विभागले बदनियतपूर्ण तरिकाले खानी उत्खनन बन्द गर्दा मन्त्रालय र सरकार मुकदर्शक भएर हेर्नु आश्चर्यको विषय भएको बताउँछन् । 

आर्थिक मन्दीसँगै निर्माण कार्यमा सुस्तता आउँदा नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाएका सिमेन्ट उद्योगहरु ठूलो मारमा परेका छन् । त्यसमाथि चिनियाँ लगानीका सिमेन्ट उद्योगहरु हावी हुँदा स्वदेशी लगानीका सिमेन्ट उद्योगहरु धरासायी बन्न पुगेका छन् । यस्तै बेलामा खानी विभागले बेला बेलामा विभिन्न नाममा अवरोध सिर्जना गर्ने गरेको छ । 

कानुनअनुसार तौलपुल नै नराखीकन खानी दोहन गरेकोले रोक्नुपरेको उसको भनाई छ । यतिबेलासम्म मौन बसेको विभाग सिजन सुरु हुनासाथै उत्खनन रोक्न अग्रसर हुनुुले उसको नियतमाथि प्रश्न उठेको हो । 

यो पनि पढ्नुहोस्ः

नापतौल मेसिन नराखिकन खनिज दोहन भएको भन्दै विभागले रोक्यो सबै सिमेन्ट उद्योगको उत्खनन्

Advertisement

Advertisement