सगरमाथाको चुचुरोसम्म बाटो बनाउने टोली सम्मानित

Advertisement

काठमाडौं । पर्यटन विभागले  यस वर्षको आधार शिविरदेखि सगरमाथा चुचुरोसम्मको आरोहण मार्ग खोल्ने र फिक्सिङ गर्ने जिम्मेवारीमा रहेका आइसफलका चिकित्सक र डोरी फिक्सिङ गर्ने आरोहीलाई आज सगरमाथा आधार शिविरमा सम्मान गरेको छ । 

सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) लाई क्याम्प २ सम्मको बाटो तय गर्ने आइसफल डाक्टरहरूको निरीक्षण गर्ने जिम्मा दिइएको छ । 

Advertisement

क्याम्प २ सम्मको रुट खोल्ने आइसफल चिकित्सकको टोलीमा आङ सार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, ङ्गिमा तेन्जी शेर्पा, नवाङ छिमी शेर्पा, दावा छिरी शेर्पा, दावा जाङ्बु शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पालगायत रहेका छन् ।

सेभेन समिट ट्रेक अन्तर्गत डोरी फिक्सिङ पर्वतारोहीहरूलाई यस वर्ष क्याम्प टु माथि समिट पोइन्टसम्मको मार्ग तय गर्न जिम्मेवार दिइएको थियो । 

डेन्डी शेर्पाको नेतृत्वमा सेभेन समिट ट्रेकका डोरी फिक्सिङ गर्ने टोलीमा तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा शेर्पा, लाक्पा रिञ्जी शेर्पा, नामग्याल दोर्जी तामाङ, दावा रिञ्जी शेर्पा, सुजुरपाके, पाम्वा शेर्पालगायत थिए । 

आधार शिविरमा पर्यटन विभागका अधिकारी र विभिन्न आरोहण टोलीका सदस्यहरुको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको थियो । 

सगरमाथा आरोहणको बाटो खुलेसँगै आजै बिहानबाट आरोहण शुरु भइसकेको छ । 

Advertisement

Advertisement