नेको इन्स्योरेन्सद्वारा भूूकम्प पीडितहरुलाई दावी रकम हस्तान्तरण

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्सले जाजरकोटका बीमित भूूकम्प पीडितहरुलाई दावी रकम हस्तान्तरण गरेको छ ।  

गत शनिवार जाजरकोटमा जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुुख कालिबहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मिना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको उपस्थितिमा आयोजित एक कार्यक्रममा दावी रकम हस्तान्तरण गरिउको हो ।

Advertisement

सो कार्यक्रममा बक्ताहरुले नेको इन्सुुरेन्सले समय मै दावी भुुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरे । कार्यक्रममा बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरु एवं समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो । 

सो कार्यक्रम नेको इन्सुुरेन्सका कर्णाली प्रदेश प्रमुख रमेशराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमा नै गएर दैलेख र जाजरकोटका सम्बन्धित पिडितहरुलाई दावी भुुक्तानी गरेका छन् । आगामी दिनहरुमा पनि पर्न आउने दावीहरुको यथाशिघ्र भुुक्तानी दिन कम्पनी प्रतिवद्ध रहेको आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

कम्पनीले देशको बीमा बजारमा विगत २८ बर्षदेखि सेवा पुर्याउँदै आएको छ । आफ्ना ग्राहकहरुलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य रहेको जनाएको छ । 

Advertisement

Advertisement