भैरहवाबाट अन्तरराष्ट्रिय उडान नियमित गर्न क्यानसँग नाट्टाको माग

Advertisement

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । 

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो । 

Advertisement

नाट्टा लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तरराष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । 

सो ज्ञापनपत्र बुझ्दै महानिर्देशक अधिकारीले सो विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताए ।

यसअघि नाट्टाले गौतमबुद्ध विमानस्थलमा अन्तरराष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो ।

Advertisement

Advertisement