अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपाल महँगो गन्तव्यमा पर्योः नाट्टा अध्यक्ष थपलिया

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा  नेपालका गन्तव्यहरु पनि महँगो पर्ने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले बताएका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पर्ने अध्यक्ष थपलिया बताउँछन् । 

उनले भने, ‘सरकारले हवाई भाडादरमा पनि भ्याट जोड्दा नेपाल महँगो गन्तव्यको रुपमा विश्व बजार सन्देश गइरहेको अवस्थामा छ । फेरि अहिले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपाल महँगो गन्तव्यमा पर्न थालेपछि विदेशी पर्यटकहरु नेपाल आउन विचार गर्न थालेका छन् । साथै यसले लामो समयसम्म पर्यटन क्षेत्रमा असर पर्छ ।’ 

Advertisement

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिनासम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । आपूर्ति कम भएपछि एयरलाइन्सको हवाई टिकट मूल्य महँगो भएको बुझिएको छ । 

सरकारले नेपालमा कसरी धेरै पर्यटकहरु नेपाल भित्रियाउने तर्फ सोच्नु पर्ने अध्यक्ष थपलियाले भने ।  

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरुले कार्टेलिङ गरेको हुन सक्ने भन्दै वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका छन् ।   

Advertisement

Advertisement