सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement