छिमेक लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै

Advertisement

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपियाँ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 
 
 

Advertisement

Advertisement