ध्रुवे हात्तीको दारा काटेर ‘स्याटलाइट कलर’ जडान गरियो

Advertisement

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा कयौँ वर्षदेखि दुःख दिँदै आएको धुर्बे हात्तीको दारा काटेर ‘स्याटलाइट कलर’ जडान गरिएको छ । सोमवार निकुञ्जको सुखेभार क्षेत्रमा दारा काटेर स्याटलाइट कलर जडान गरिएको हो ।

मानव वस्ती विस्तारसँगै जंगल अतिक्रमण गर्ने क्रम सुरु भएपछि पछिल्लो समयमा जंगली जनावरहरु मानव वस्तीमा पस्ने, मानिसलाई आक्रमण गर्ने, घर, टहरा, अन्नबाली नष्ट गर्ने जस्ता घटना बढेर गएको छ । ध्रुबे हात्तिले २०६६ पछि केही बर्ष मानिसहरुलाई दुःख दिँदै आएको थियो । 

Advertisement

उग्र स्वभावको उक्त हात्ती गाउँमा पसेर घरहरू भत्काउनुका साथै मानिसहरुमाथि  आक्रमण गरेर मार्ने गरेकाले उसदेखि सावधानी अपनाइँदै आएको थियो । बिचमा केही बर्ष हराएको ध्रुबे हात्ति पुनः फेला परेको हो । निकै उग्र भएको भन्दै सरकारले उक्त हात्तिलाई गोली हानेर मार्न समेत अनुमति दिएको थियो । तर सेनाले भने मार्न सकेको थिएन् । 

गएको दशैँ तिहारपछि ध्रुबेले पुनः घरहरू भत्काउन गर्न थालेपछि निकुञ्ज कर्मचारीहरूले उसको निगरानी गर्दै आएका थिए । उक्त हात्तिले गाउँमा पसेर जनधनको क्षति नगरोस भनेर दाह्रा काट्ने र निगरानीका लागि स्याटलाइट कलर जडान गरिएको कर्मचारीहरुको भनाई छ । 

यसबाट धुर्बेको चालचलन थाहा पाइने र हात्ती कता छ भन्ने कुरा निकुञ्जको मुख्यालयमा बसेर नै निगरानी गर्न सकिने छ । चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, गोविन्दे र हाल पूर्वबाट आएको मकुना हात्तीले बढी दुःख दिने गरेको बताइन्छ ।

निकै बुद्धिमान् र स्मरण शक्ति बलियो हुने हात्ती समूह र परिवारमा बस्ने गर्दछ । हिन्दू संस्कारअनुसार हात्तिलाई गणेश भगवानको प्रतिकको रुपमा समेत पुजा गर्ने गरिन्छ । 

Advertisement

Advertisement