काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सिग्देललाई बढुवा गरिएको जानकारी दिइन् ।
सरकारको यो निर्णयसँगै हालका प्रधान सेनापति प्रभुराम शर्मापछि सिग्देललाई प्रधान सेनापति बन्न बाटो खुलेको छ ।
मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको पनि उनले बताइन् । मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समीक्षा पनि भएको थियो ।