नेशनल लाईफले प्रशासनिक कर्मचारीहरुलाई दियो क्षमता अभिबृद्धि तालिम

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’  भैरहवामा सम्पन्न गरेको छ । 

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको हो ।

Advertisement

विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । 

देशैभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् । 

undefined

त्यस्तै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए । 

बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । 

कार्यक्रममा सहभागी कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहजिकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरे । 

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो  । सो परिक्षाबाट प्रथम, द्वितीय र तृतीय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविणकुमार शर्मा, काठमाडौं शाखाबाट चक्रप्रसाद जोशी र केन्द्रीय कार्यालयबाट दीपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले नगद पुरस्कार सहित सम्मान गरे । 

यसैगरी सो सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । जस अन्तर्गत फुटसलतर्फ प्रथम, द्वितीय, तृतीय हुने क्रमशः कोशी प्रदेश, केन्द्रिय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयरतर्फ प्रथम, द्वितीय, तृतीय हुने क्रमशः पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई किर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि कप तथा मेडल प्रदान गरिएको थियो ।  
 

Advertisement

Advertisement