सामाजिक व्यवहार सुधार ऐन मिच्दै प्रधानमन्त्रीकी नातिनीको रिसोर्टमा महंगो र भडकिलो विवाह

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरीको महंगो र भडकिलो विवाह सम्पन्न भएको छ । 

सामाजिक व्यवहार सुधार ऐन, २०३३ विपरित सयौं निम्तालुहरू बोलाएर रिसोर्टमा महँगो विवाह गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

Advertisement

विगतमा आफ्नै नेतृत्वमा भएको सशस्त्र द्धन्द्धका क्रममा यस्तै विवादको विरोध गर्दै भौतिक कारवाही समेत गर्दै आएका कम्युनिष्ट नेता दाहालले अहिले कानुन मिचेर भडकिलो र महंगो विवाह गराएका हुन् । 

कानुनको पालना अनिवार्य गर्नुपर्ने प्रधानमन्त्री र स्थानीय तहको प्रमुखले नै कानुन मिचेर विवाह गराएका हुन् । सामाजिक व्यवहार सुधार ऐनले विवाह र भोजमा ५१ जनाभन्दा बढीलाई आमन्त्रण गरेर विवाह गर्न मिल्दैन् । दाहालकी नातिनी एवं रेनु दाहालकी छोरी प्रतिभा पाठकको विवाहमा एक हजारभन्दा बढी सहभागी भएको बताइन्छ । 

Advertisement

Advertisement