नेपवेस्ट नामक एनजीओ चाहिन्न, फोहोर व्यवस्थापन गर्न हामी सक्षम छौँः काठमाडौं महानगरपालिका

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको फोहोर व्यवस्थापनमा महानगरपालिका आफैँ सक्षम रहेको बताएको छ ।  महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नेपवेस्ट नामक संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो कि ? भन्नेकुरा गलत रहेको बताएको हो । 

पछिल्लो समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कमजोर बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखलाई उचालेर नेपवेस्ट नामक गैरसरकारी संस्था (एनजीओ)मार्फत फोहोर व्यवस्थापन गर्ने कुरा ल्याउन खोजिएको छ । त्यसका लागि उनीहरुले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई संयोजक बनाउने काम गरेका छन् । तर उपत्यकाको सबैभन्दा ठूलो र निर्णायक पालिका भने काठमाडौंका प्रमुख बालेन शाहलाई नेतृत्व नदिई चिरिबाबुलाई नेतृत्व गराउने काम गरिएको हो । 

Advertisement

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेको बताए । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए । 

महर्जनले भने, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । यो भन्दा पहिला सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन् । नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिका भित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौं महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौंले यसलाई सरकारतिर नै लगिएको अवस्था छ । त्यसको कारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्यूनीकरण गर्नेतिर हामी अघि बढिसकेको अवस्था छ ।’ 

यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् । उनले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताउँदै भनेका थिए, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन पचास–सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् ।’’

महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुने धेरैको सुझाव छ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट शहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरुको राय छ ।

Advertisement