काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । यसैबीच कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।