काठमाडौं । नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफा २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसैबीच लाभांश पारित गर्न पुस २५ गते साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।