चितवनको सौराहामा पुस १० गतेदेखि पर्यटन तथा हात्ती महोत्सव

Advertisement

काठमाडौं । चितवनमा पुस १० गतेदेखि १४ गतेसम्म चितवन पर्यटन तथा हात्ती महोत्सवको हुने भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा उक्त कार्यक्रमको आयोजना गर्न लागेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ।

Advertisement

पत्रकार सम्मलेनमा हानका अध्यक्ष विनायक शाहले कोभिड–१९ को महामारीबाट रोकिन गएको महोत्सव फेरि पनि शुरुवात गर्न पाउँदा गौरवान्वित भएको बताए । 

एक करोड ८ लाख रुपियाँ खर्च हुने महोत्सवमा हरेक दिन करिब २० हजार जनाको सहभागिता रहने संघले अनुमान गरेको छ ।  

महोत्सवका आकर्षणहरुः

१) हात्तीको श्रृंगार प्रतियोगिता ।
२) हात्तीवनभोज ।
३) स्वदेशी तथा विदेशी ट्राभल एजेंसीहरुसंग वि टु बि ।
४) मैत्री पूर्ण खेलकुद प्रतियोगिता ।
५) चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।
६) स्थानीय भेषभुषा तथा कला संस्कृति प्रदर्शन ।
७) राष्ट्रिय तथा स्थानीयकलाकारहरुद्वारा दैनिक साँस्कृतिक कार्यक्रम ।
८) हात्तीको दिनचार्यबारे जानकारी ।
९) स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने ।
१०) अग्रज, उत्कृष्ट पथप्रदर्शक, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक र अन्य विविध शिप (कला प्रेमीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम ।

Advertisement

Advertisement