सिचुआन एयरलाइन्सले अध्यागमनसँग समन्वय नगर्दा ट्रान्जिटमा नेपाली यात्रुहरुलाई सास्ती

Advertisement

काठमाडौं । सिचुआन एयरलाइन्सले अध्यागमन कार्यालयहरुसँग समन्वय नगदौ ट्रान्जिटमा रहका यात्रुहरुले सास्ती भोग्नुपरेको छ । ​

नेपालबाट चीनस्थित चेङ्दु ट्रान्जिट भर्इ त्यहाँबाट आफ्नो गन्तव्यतर्फ जाने धेरै ९० प्रतिशत नेपालीहरुले दुःख पाउने गरेका हुन् । 

Advertisement

चेङ्दुको अध्यागमन कार्यालय र सिचुआन एयरलाइन्सबीच समन्वय नहुँदा धेरै नेपालीहरुले लामो समयको ट्रान्जिटमा विमानस्थलमै समय बिताउनुपर्ने, उनीहरुलाई खानेबस्ने सुविधा नदिने, सोधपुछ गर्न एयरलाइन्सका कर्मचारीहरु समेत नआउने गरेको एक यात्रु (होटल व्यवसायी)ले अनुभव सुनाए । 

उनले भने, ‘म आफै पनि चेङ्दु विमानस्थलमा ट्रान्जिटमा रहँदा समस्या भोग्नुपर्यो । अध्यागमन र सिचुआन एयरलाइन्सबीच समन्वय नहुँदा धेरै नेपालीले दुःख पाउनु परेको पाए । ट्रान्जिटको समय छोटो भए त केही भएन् । लामो ट्रान्जिटमा त यात्रुलाई होटलमा राख्नुपर्यो नि । त्यो नै छैन् । यात्रुहरुलाई एयरलाइन्सले होटल बुकिङ गरेर दिएको हुनुपर्छ । चेङ्दुमा उनीलाई होटलमा बस्ने सुविधा  नभएकै कारण धेरै जसो अष्ट्रेलिया, जापान, कोरिया जाने नेपालीहरुलाई अध्यागमनले एयरपोर्टबाट बाहिर जान दिनन् । त्यस्तो अवस्थामा उनीहरु कसरी होटलमा पुग्ने ? अध्यागमनले सिधै ‘नो’ भन्छ । एक त अध्यागमनले जान पनि दिँदैन् । दोस्रो उनीहरुले अशिष्ट व्यवहार पनि गर्छ ।’ 

आफू २० घण्टा एयरपोर्टमा बस्नुपरेको र नेपालीहरुले दुःख पाएको देखेको ती यात्रुले बताए । उनले थपे, ‘एयरपोर्टमा लामो रात बिताउन बाध्य छन् नेपालीहरु । त्यो बेला एयरलाइन्सका कर्मचारी कतै देखिएनन् । एयरलाइन्सले आफ्नो प्रतिबद्धता अनुसार जुन हामीलाई गर्छु भनेको कुरा गरिरहेको छैन् । यो एयरलाइन्सले अध्यागमनसँग राम्रो समन्वय नगर्दाको परिणाम हो ।’ 

Advertisement

Advertisement