काठमाडौं । विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । दुई लघुवित्त र दुई हाइड्रो कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका हुन् ।
यसैक्रममा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव नगर्ने भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते डाकिएको छ । उक्त सभावाट सञ्चालक समितिको प्रस्ताव पारित भएपछि निर्णय कार्यान्वनमा आउने छ ।
त्यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समिति बैठकले नाफालाई सञ्चित कोषमा राख्ने निर्णय गरेको हो ।
यता अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि शेयरधनीहरुको हात खाली पार्ने भएको छ । कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय भएको छ ।
त्यस्तै अपि पावर कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । साधारण सभामा सञ्चालक समितिले लाभांश प्रस्ताव गर्ने छैन । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय भएको छ ।