भृकुटीमण्डपमा घरजग्गा मेला हुँदै, २ अर्ब ५० करोड बढीको कारोबार हुने

Advertisement

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । 

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । 

Advertisement

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए । 

हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताए । उनले यस वर्ष २ अर्ब ५० करोड रुपियाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए । 

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आँकलन गरेको छ । उनले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए । 

Advertisement

Advertisement