रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

Advertisement

काठमाडौँ । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।  

Advertisement

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement