काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्टको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १८१.५९ कायम गरिएको छ । यसअघि रु. १९४.३० थियो ।
त्यस्तै मुक्तिनाथ विकास बैंकले शेयरधनीहरुलाई ९.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३७१.७५ कायम गरिएको छ । यसअघि रु. ४०८ थियो ।
यसैबीच शिवम् सिमेन्टले १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५१७.२९ कायम गरिएको छ । यसअघि रु. ५९१ थियो ।
यी तीन कम्पनीको समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।