आइएमई पेले टिकटको व्यवस्थापन गरेको कन्दराको कार्यक्रममा १० हजार दर्शक सहभागी

Advertisement

काठमाडौँ । आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा सम्पन्न भएको ‘कन्दरा– लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा भूमिका निर्वाह गरेको छ । 

नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारासहित सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा गत शुक्रबार प्रस्तुत गरेको गरेको हो । 

Advertisement

कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (एएसक्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । 

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत  प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै भने, ‘सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा  हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको छ ।’ 

Advertisement

Advertisement