काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
समीक्षा अवधिमा १६ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ५०.८३ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले १० करोड ६९ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी केही घटे पनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।
पहिलो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपियाँमा झरेको छ । त्यस्तै, खुद नाफा पनि ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३०.७२ रुपियाँ, प्रतिशेयर नेटवर्थ ११४.३१ रुपियाँ र मूल्य आम्दानी अनुपात ९. ७६ गुणा रहेको छ ।
२ अर्ब १० करोड रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपियाँ सञ्चित छ ।