रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्प जेल जानुपर्छः डा. सुरेन्द्र केसी

Advertisement

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्म पनि अमेरिकाले महिला नेतृत्व नपाउने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी गरे । 

केसीले भने, ‘अमेरिकी जनताले यसपालि पनि महिलालाई नेतृत्वमा रुचाएनन् । त्यहाँ अहिलेपनि पुरुषवादी चिन्तन छ । आउने एक सय वर्षपनि महिला नेतृत्व आउने सम्भावना छैन् । अमेरिकी समाज महिलाप्रति पूर्वाग्रही छ । रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्पले जेल जानुपर्छ । पचास वर्षदेखि अमेरिकामा बसेको एकजनाले मलाई टेक्स्ट गरेको छ कि ट्रम्पमात्रै यस्तो राष्ट्रपति हो, जसले आज के गर्छ, भोलि गर्छ भन्ने थाहा हुँदैन । सन् २०२५ विश्वको लागि डिस्ट्रक्भि हुनेछ ।’

Advertisement

उनले थपे, ‘यो पाँच वर्ष विश्वभरि पाँच लाख मानिसको हताहती भयो । युक्रेनबाट दुई करोड मानिस विस्थापित भएका छन् । युक्रेन ध्वस्त (रुईन) भइसकेको छ । त्यहाँका मानिस अन्त्यै स्थापित भइसके । रुस–युक्रेनको यो युद्ध निरन्तर हुने हो भने युरोपले धान्न सक्दैन् भन्ने मनोविज्ञान छ । इजरायलको मात्रै कुरा गर्ने हो भन ४० हजारभन्दा बढि प्यालेस्निाटाईनका नागरिकको ज्यान गएको छ । त्यसमा पनि ७० प्रतिशतभन्दा बढि महिला र बालबालिकाको ज्यान गएको छ ।’

केसीले राष्ट्रपतिमा निर्वाचित ट्रम्पले भोलि चिनियाँ उत्पादनलाई बन्द गरौं भनेपनि अमेरिकी उपभोक्ताले त्यो गर्न नदिने अवस्था सुनाए । रसियामाथि युक्रेनको नाममा घेराबन्दी गरेर उसलाई समाप्त पार्छु भन्ने हिसाब ल्याईएपछि रुसले ८० भन्दा बढि मुलुकलाई आफ्नो पकडमा ल्याईसकेको केसीको दाबी छ । उनले भने, ‘अहिले मोदी पनि बाध्य भएर रुससँग नजिक हुनुभयो ।’
 

Advertisement

Advertisement