मन्त्रिपरिषदबाट नागरिक लगानी कोष, टेकु अस्पताल, साँस्कृति संस्थानको कार्यकारी प्रमुख नियुक्त

Advertisement

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरिएको सरकारी प्रवक्ता रेशा शर्माले बताइन् । 

Advertisement

त्यस्तै, सरकारले सरकारले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र (टेकु अस्पताल)को कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । 

त्यसैगरी, सरकारले साँस्कृतिक संस्थानका महाप्रबन्धकमा रुकुमका किरणबाबु पुनलाई नियुक्त गरिएको छ भने नरदेवी आर्युवेद चिकित्साल्य विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको छ भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।  

Advertisement