सुपर खुदी हाइड्रोको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

Advertisement

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा आईपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त सम्झौतापत्रमा सुपर खुदी हाइड्रोको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त कम्पनीले प्रतिकित्ता रु. १०० दरको ६९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिकाको वडा नं २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी विसं २०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement