नयाँ दिल्ली भ्रमणमा रहेका मन्त्री खड्काले भारतीय जलशक्तिमन्त्री भेटे, पञ्चेश्वरबारे चासो

Advertisement

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेट भएको छ । 

नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा आज (मंगलबार) भएको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । 

Advertisement

भेटमा खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका थिए । मन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । 

भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताइएको छ । 

Advertisement

Advertisement