एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख कित्ताका लागि आवेदन

Advertisement

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन परेको छ ।

एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फन्डअन्तर्गत ‘एनआइबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो ।

Advertisement


बन्दमुखी योजनाको १ अर्ब रकमबराबरको १० करोड इकाइ १० रुपियाँ अंकित दरमा माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुला छ ।

उक्त निष्कासनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाइ खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदनमार्फत शेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाइ रद्द भएका छन् ।

यस निष्कासन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यही माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।

Advertisement

Advertisement