शेयर बजार दोहोरो अंकले उचालियो, तीन अर्ब ८३ करोडको कारोबार

Advertisement

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज दोहोरो अंकले उचालिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बढेको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९४.४६ अंकमा पुगेको छ । 

Advertisement

आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेको दिन मिड सोलु हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, सामलिङ पावर, हाथवे इन्भेष्टमेन्ट र माउन्टेन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८, ८.७३ र ७.९७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले सबै भन्दा बढी ९.८६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement