नेप्सेमा बीमा र हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

एक बीमा कम्पनी र एक हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

Advertisement

यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४९७.८४ कायम गरिएको छ । यसअघि रु. ५७७.५० थियो ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएपछि प्रतिशेयर मूल्य रु. १९०.१० कायम गरिएको छ । यसअघि रु. २८०.२० थियो । 

समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखि दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement