उचालियो शेयर बजारः नेप्से पुनः २१ सय अंकमाथि, साढे ४ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । बजार दोहोरो अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२६ अंकले बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से २१०४.७२ अंकमा उक्लिएको छ ।

Advertisement

आज ३११ कम्पनीका १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । यूनियन हाइड्रो, अरुण भ्याली हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले बढेको हो । आज हाइड्रो समूहमा उल्लेख्य बृद्धि भएको छ । 

त्यस्तै गरिमा विकास बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement