जाजरकोट भूकम्पमा आधारित मुकुन्द पौडेलको गीत युट्युबमा रिलिज

Advertisement

काठमाडौं । गीतकार तथा कवि मुकुन्द पौडेलले आफ्नो अर्को साँगीतिक कोसेली सार्वजनिक गरेका छन् । उनले जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पमा आधारित गीत आज युट्युबमा रिलिज गरेका हुन् । 

गीतमा स्वर तथा संगीत सागर अधिकारी (शरद)को रहेको छ । भूकम्पबाट जनताले भोगेको पीडा, मानवीय एवं भौतिक क्षति र देशमा परेको समस्यालाई दर्साउन खोजिएको यो गीत पौडेलले आफ्नो नामको युट्युब च्यानलबाट रिलिज गरेका हुन् । 

Advertisement

यसअघि पनि पौडेलका थुप्रै यस्ता गीति भिडियोहरु आइसकेका छन् । अहिलेको गीत भने फरक खालको छ । पौडेलका चार वटा कविता तथा मुक्तक संग्रह पनि बजारमा आइसकेका छन् । तनहुँको रिस्ती बाहुन पोखरामा २०११ सालमा जन्मिएका उनी नेपाल आँखा अस्पताल को जागिरबाट सेवा निवृत्त भएपछि साहित्यमा लागेका हुन् । 

Advertisement

Advertisement