काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत विभिन्न २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
एक बीमा कम्पनी र एक हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा यूनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले शेयरधनीहरुलार्ई १०.२६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५६१.३० कायम गरिएको छ । यसअघि रु. ६१८.९० थियो ।
त्यस्तै रिडी हाइड्रोले ५० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. २१६.६७ कायम गरिएको छ । यसअघि रु. २७५ थियो ।
यी दुबै कम्पनीको समायोजन गरिएको मूल्यबाट भोलिदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।