केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई चार लेन बनाउन प्रस्ताव

केरुङ र तातोपानी नाकालाई आयात होइन्, निर्यात प्रवर्द्धनको माध्यम बनाउन सकिन्छः मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । 

शनिवार राजधानीमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको साधारण सभामा उनले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्न आवश्यक रहेको बताए । 

Advertisement

मल्लले दुवै नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्नसाथ नेपालको निर्यात प्रवद्र्धन हुने बताए । क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै उनले नेपाली सामान चीनले निर्यात गर्न नचाहेको बताए । दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेकोले नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउन आवश्यक रहेको मल्लका भनाई छ । 

उनले चिनियाँ नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा विकास गर्न आवश्यक रहेको बताए । मल्ले भने, ‘चिनियाँ नाका हुँदै व्यवसाय गर्ने व्यवसायीहरुले आयातको साथै नेपालमा उत्पादित वस्तुहरुको निर्यातमा लाग्न आवश्यक छ । चिनियाँ नाकाबाट आयात मात्रै नभएर निर्यात प्रवद्र्धनका लागि केरुङ र तातोपानी नाकामा अन्तर्राष्ट्रिय क्वारेन्टाइन ल्याव राख्न आवश्यक छ । त्यो हुने बित्तिकै नेपालको निर्यात प्रवद्र्धन हुन्छ । क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भनेर नेपाली सामान लिन मानेको छैन् । यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

उनले चीनसँग नेपालको एक खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके मात्रै पनि चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गरे । मल्लले चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पुर्याउन  सरकारले समयमा ऐन नियमहरु बनाएर जानुपर्ने बताए । 

उनले केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई चार लेन बनाउन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement