लघुवित्तका ऋणीको संख्या ८.३३ प्रतिशत घट्यो, ५७ लघुवित्तमध्ये कुनको अवस्था कस्तो ? (सूचीसहित)

Advertisement

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा ऋणीको संख्या ८.३३ प्रतिशतले घटेको छ  । 

राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागले आज प्रकाशित गरेको आज प्रकाशित गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ ।

Advertisement

२०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । 

लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरीवेक्षण प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् 

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने राष्ट्र बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको रिपोर्टमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०८० पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत (११५१ शाखा) रहेको छ । पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा संख्याको ५ प्रतिशत मात्रै शाखाहरु (२३० शाखा) रहेका छन् ।

राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशिल लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिन्छ । सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरिएको छ । अन्य ५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।

२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रियकर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा रू.३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ । यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा रु.२८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ ।

२०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु ४२ अर्ब १७ करोड रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । 

५७ लघुवित्तमध्ये कुनको अवस्था के छ ? 

undefinedundefined

 

Advertisement