काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेको आईपीओका लागि मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ ।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (बुधबार) अन्तिम दिन थियो ।
कुल २७ लाख ७६ हजार ७६ कित्ताका लमगि १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
न्यूनतम ५० कित्ता बाँडफाँट गर्नुपर्ने भएकाले ५५ हजार ५२१ जनाले मात्रै कम्पनीको शेयर पाउनेछन् । बाँकीको हात खाली हुने निश्चित छ ।