छिमेकीलाई पहिलो प्राथमिकतामा राखेर व्यवहार गर्न थालेका छौंः परराष्ट्रन्त्री साउद

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् ।  नेपाल विश्व सम्बन्ध परिषद्को कार्यक्रममा बिहीबार उनले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव हुने बताए । 

नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने बताउँदै साउदले दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको बताए । उनले नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्वपूर्ण रहेको बताए । 

Advertisement

नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने उनले बताए । परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको बताए । 

नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा उत्तिर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको साउदको भनाई थियो । सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । 

Advertisement

Advertisement