सार्कलाई समेत सक्रिय बनाउन आफू र श्रीलंकाका विदेशमन्त्रीबीच कुरा भयोः परराष्ट्रमन्त्री साउद

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफू र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच बिमस्टेकसँगै सार्कलाई समेत बलियो बनाउनेबारे कुराकानी भएको दावी गरेका छन् । 

नेपाल भ्रमणमा रहेका साब्रीसँग द्धिपक्षीय कुराकानीपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए । साउदले छलफलमा दुई पक्षीय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटि, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताए । 

Advertisement

उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए । साउदले भने, ‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ । यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षीय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटि, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षीय विषयहरुमा गम्भीर र सौहद्रपूर्ण वातावरणमा छलफल भएको छ । क्षेत्रीय संगठनहरु, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ ।’ 

उनले थपे, ‘संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परम्परागत रुपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रुपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन् । हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ ।’

श्रीलंकाका विदेशमन्त्री साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए । ले सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा विशेष जोड दिइ अघि बढ्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

उनले भने, ‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन् । लामो समयदेखिका साथी हुन् । हामीले धेरै कुराहरुमा एकआपपसमा समझदारी सहकार्य गर्दै आइरहेका छन् । अब झनै सम्बन्ध बिस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ । सार्क र बीमस्टेक लगायतका क्षेत्रिय कार्यक्रमहरुमा हामीले विशेष जोड दिँदै आइरहेका छौँ । हामी नेपालमा घुम्न आउनका लागि श्रीलंकाली नागरिकहरुसँग विशेष पहल र अपिल गर्नेछु, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ । आजको छलफल धेरै नै राम्रो भयो । दुई देशबीचको सम्बन्ध बिस्तारका बारेमा हामीले आज धेरै नै महत्वपूर्ण छलफल गरेका छौँ ।’

Advertisement

Advertisement