चार दलको आठ बुँदे सहमति, सुशासन र विकासका लागि गठवन्धन गर्नुपरेको तर्क

Advertisement

काठमाडौं । नयाँ सत्ता गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच यस्तो सहमति भएको हो । 

सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले लिनेगरी भागबण्डा गरिएको छ । मन्त्रालयको भागबण्डा आपसी सहमतिमा गर्ने उनीहरुले बताएका छन् । 

Advertisement

सहमतिपत्रमा मन्त्रालय बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने, साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने उल्लेख । 

सुशासन र विकासको जनताको चाहनाका लागि यस्तो गठवन्धन गर्नुपरेको जिकिर गर्दै उनीहरुले राजनीतिक स्थायित्वका लागि अघि बढ्न पनि यस्तो गठवन्धन जरुरी रहेको औंल्याएका छन् । 

undefined

Advertisement