ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन नदिने प्रयास विफल, कोलोराडोको निर्णय सर्वोच्चद्धारा बदर

Advertisement

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन पाउने फैसला गरेको छ । यससँगै कोलोराडोमा प्राथमिक मतपत्रमा उनी रहनसक्ने भएका छन् । ट्रम्प पुनः राष्ट्रपतिको उम्मेदवार हुने तयारीमा छन् । 

राज्यले गरेको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो । नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरु सबैले ट्रम्पको पक्षमा सहमति जनाएका थिए । 

Advertisement

जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यले ट्रम्पलाई मतपत्रबाट हटाउने निर्णय गरेका थियो । सर्वोच्चले कोलोराडोको अदालतले संविधानको १४ औं संशोधनको धारा ३ अन्तर्गत राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउने निर्णय गर्ने अधिकार राज्यहरूसँग छ भन्ने गलत धारणा दिएको छ । 

यो ट्रम्पको लागि ठूलो उपलब्धी बनेको छ । 

Advertisement

Advertisement