आँधी ‘दाना’का कारण भारतको उडिसा प्रभावित, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

Advertisement

काठमाडौं । चक्रवात (आँधी) दानाका कारण भारतको उडिसामा ठूलो प्रभाव परेको छ । सो क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक यातायात र उडानहरु पनि स्थगित गरिएको छ । 

बङ्गालको खाडीमा विकसित यो चक्रवातले उडिसाको तटीय क्षेत्रलाई बढी प्रभावित बनाएको हो । भारतको मौसम विज्ञान विभाग (आईएमडी)का अधिकारीहरूले बिहीबारबाट सुरु भएको चक्रवातको प्रभाव आज पनि जारी छ । 

Advertisement

उक्त निकायका अनुसार उक्त समुद्री आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको त्यो बेला वायुको गति झन्डै ११० किलोमिटर प्रतिघण्टा रहेको बताएको छ ।

आज अपराह्णतिर यसको शक्ति घट्दै जानेछ । आँधीले उडिसाको विभिन्न स्थानमा रूख ढलेका छन् भने सडक बन्द छ । सो ठाउँमा शतर्कताको सूचना जारी गरिएको छ । दानाकै कारण उडिसा र पश्चिम बङ्गालको तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा पनि भइरहेको छ ।

आँधीले भीषण रूप लिनसक्ने आशङ्कामा दुवै राज्यमा सरकारी संयन्त्रहरू उच्च सतर्कताको अवस्थामा राखिएको थियो । उडिसाको कुल जनसङ्ख्यामध्ये आधा यो समुद्री आँधीबाट प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ । यसले नेपालको पूर्वी क्षेत्रमा पनि आंशिक प्रभाव पर्ने जनाइएको छ । 

उडिसाको सरकारले झन्डै छ लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको बताएको छ । भारतीय रेल सेवाले त्यस क्षेत्रमा चल्ने १५० रेल रद्द गरेको छ । पश्चिम बङ्गालमा झन्डै एक हजार राहत शिविर स्थापना भएका छन् । विभिन्न विद्यालय र सरकारी भवनहरूमा मानिसहरूलाई राख्ने व्यवस्था गरिएको छ । ठूलो सङ्ख्यामा प्रहरीहरू पनि परिचालन गरिएको छ । 

Advertisement

Advertisement