काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले कम्पनी सञ्चालकलगायत शेयरधनीलाई हकप्रदबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको छ । हकप्रद खुला गर्नुअघि कम्पनीले सञ्चालकलगायत आधारभूत शेयरधनी (चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने) हरुलाई हकप्रदबापतको रकम जम्मा गर्न भनेको हो ।
कम्पनीका अनुसार शेयरधनीले आफूले लिनुपर्ने हकप्रदबापतको रकम १०० अंकित दरमा कात्तिक २७ गते बैंकिङ समयसम्म कम्पनीका सम्पर्क गरी बुझाउन सक्नेछन् ।
कम्पनीले हकप्रद बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
हाल १ अर्ब ५० करोड रुपियाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासनपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।