काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले क्षितिज भुसालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यस्तो शेयरको मूल्य प्रतिकित्ता १०५ रुपियाँमा रहेको छ ।
बैंकका संस्थापक शेयरधनीले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।