काठमाडौं । महाशिवरात्री पर्व आज (शुक्रबार) देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी देशभर मनाइयो । आज देशभरका शिवालयहरुमा मानिसहरुको भीड देखिन्थ्यो ।
राजधानीको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड निकै ठूलो थियो । दर्शनार्थीका लागि विगतमा जस्तै पशुपति विकास कोषले लाइन व्यवस्थापन, खानेपानी, सुरक्षा प्रवन्ध गरेको थियो ।
शिवरात्रीमा नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । सोहीअनुसार पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि मानिसहरुको लाइन थियो भने अपराह्नसम्म चार लाखभन्दा बढीले दर्शन गरिसकेको कोषले जनाएको छ ।
फागुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । शिव भगवानलाई देउवाहरुका पनि देवताको रुपमा हेरिन्छ ।