काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने उत्साहजनक रहेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१० अंकले बढेको हो । १.०८ प्रतिशतले बजार बढ्दा नेप्से २०५२.६५ अंकमा उक्लिएको छ ।
आज ३०४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१हजार ५ सय ५८.९१ रुपियाँ बराबरको किनबेच भएको हो ।
बजार बढेको दिन आज वीन नेपाल लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ८.७२, ८.७१ र ७.९४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
ऋाज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।