भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया बरामद

Advertisement

काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको छ । 

युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिया मल २८ नम्बर गण कपिलवस्तुले नियन्त्रणमा लिएको हो । 

Advertisement

चारवटा मोटरसाइकलमा राखी ल्याउँदै गरेकोसशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–६ बन्चौराबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।

नियन्त्रणमा लिइएका मोटरसाइकल, प्याज तथा मल आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाएको प्रहरीले जनाएको छ । थापाले जानकारी दिए ।    
                                        

Advertisement